Spread the love
Spread the love
अखिल (क्रान्तिकारी)को ३४ दिने संघर्षको सफलता, त्रिविले ७० हजार शुल्क घटायो
Spread the love

काठमाडौँ — अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको निरन्तर ३४ दिनसम्म उपकुलपति कार्यालय अगाडि भएको आन्दोलित दबाबका कारण अन्ततः त्रिभुवन विश्वविद्यालय प्रशासन झुक्न बाध्य भएको छ।आन्दोलनको मुख्य मागअनुसार विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति तथा विकास अध्ययन, सामाजिक कार्य र लैङ्गिक अध्ययन गरी चार विभागको शुल्क दर घटाएर अब रु. १ लाख १० हजारमै सीमित गर्ने घोषणा गरेको छ।

अघिसम्म १ लाख ८० हजार लिने निर्णय विद्यार्थीहरूको तीव्र विरोधपछि खारेज गरिएको हो।यस सम्झौताले विद्यार्थीलाई प्रत्यक्ष रु. ७० हजार राहत दिनेछ। नयाँ शुल्क व्यवस्था दोस्रो सेमेस्टरदेखि लागू हुनेछ।विद्यार्थी आन्दोलनको जीतआन्दोलनको नेतृत्व गरेका प्रवीण दाहाल, प्रदीप भण्डारी, मनिष चौलागाई, ममता जोशी, शिवराज भट्ट लगायतका टोलीले देखाएको साहसिक नेतृत्वप्रति विद्यार्थीबीच प्रशंसा भइरहेको छ।

यस सम्झौताले विद्यार्थीलाई प्रत्यक्ष रु. ७० हजार राहत दिनेछ।