Spread the love
Spread the love
माओवादीले अघि सारेको नीतिले नेपाल ऊर्जामा आत्मनिर्भर बन्न सफल भयो : पुन
Spread the love

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले माओवादी नेतृत्वको सरकारले अघि सारेको नीतिका कारण नेपाल जलविद्युत क्षेत्रमा आत्मनिर्भर बन्न सफल भएको बताएका छन्।

पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवादमा बुधबार बोल्दै पुनले प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २० वर्षअघि सुरु गरेको नीतिगत निरन्तरताले नै मुलुक लोडसेडिङमुक्त भएको र ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए।

उनले नदी प्रवाहमा आधारित आयोजनाले मात्र भविष्यको माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजना आवश्यक रहेको उल्लेख गर्दै भारत र बंगलादेश जस्ता बजार खुलेकाले विद्युत बिक्रीमा समस्या नहुने विश्वास दिलाए।