Spread the love
Spread the love
विपिन जोशी रिहाइको पहल गरिदिन जोर्डनका राजासंग राष्ट्रपति पौडेलको आग्रह
Spread the love

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएर राखेका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार राजा अब्दुल्लालाई पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि सम्भव भएसम्म मानवीय र कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्।पत्रमा राष्ट्रपति पौडेलले यस प्रयोजनका लागि जोर्डनले चाल्ने हरेक मानवीय तथा कूटनीतिक कदमलाई नेपाल र नेपाली जनताले उच्च सम्मान र स्वागत गर्ने उल्लेख गरेका छन्।

यसअघि आइतबार विपिन जोशीकी आमा र बहिनीले शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेट गर्दै जोशीको छिटो रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए।