Spread the love
Spread the love
एमाले नेतृ विद्यादेवी भण्डारीद्वारा रवि लामिछानेप्रति सद्भाव व्यक्त
Spread the love

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति आफ्नो सद्भाव रहेको स्पष्ट गरेकी छन्।मंगलबार बिहान रास्वपाका सांसद तथा प्रवक्ता मनिष झा सहितका नेताहरू बूढानिलकण्ठस्थित भण्डारीको निवासमा पुगेका थिए।

झाका अनुसार बिहान १० बजेदेखि साढे ११ बजेसम्म भएको भेटघाटलाई उनले "राजनीतिक संवादको सुरुवात" स्वरूपको शिष्टाचार भेटघाटका रूपमा लिएका छन्।

सो क्रममा भण्डारीले सहकारी प्रकरणमा समाधान खोज्नुको साटो अनावश्यक राजनीतिक मुद्दा बनाइएकोमा सरोकार राख्दै, लामिछानेप्रति आफ्नो सद्भाव रहेको स्पष्ट पारेको झाले उद्धृत गरेका छन्।भण्डारीले नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक भएको बताउँदै आफू अभिभावकको भूमिकामा रहेर सहयोग गर्न तयार रहेको समेत जनाएकी छन्।