काठमाडौं । नेपाल पर्वतारोहण संघको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएको फुर्वा गेल्जे शेर्पा नेतृत्वको समूहले विजयी परिणाम हासिल गरेको छ। माओबादी- रास्वपा समर्थित समुहसंग काँग्रेस–एमाले–एकिकृत समाजवादी समर्थित गठबन्धन पराजित भएको छ्।
गएराति सम्पन्न निर्वाचनमा अध्यक्षदेखि लिएर अधिकांश पदमा शेर्पा प्यानलले बाजी मारेको छ। प्रथम उपाध्यक्ष र एक सदस्य पदमा अर्को प्यानलका उम्मेदवारले जित हात पारेका छन्।परिणाम अनुसार अध्यक्षमा फुर्वा गेल्जे शेर्पा ३४२ मतसहित विजयी भए। वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेल (३४५ मत), प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा (३५९ मत), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी (३६८ मत) विजयी भएका छन्।महासचिवमा राजेन्द्रबहादुर लामा (३१८ मत), सचिवमा चन्दन थापा (३५८ मत) विजयी भए भने कोषाध्यक्षमा म ङिमा नुर्बु शेर्पा र सुमी लामा दुवैले ३०४–३०४ मत पाएपछि सहमतिअनुसार कार्यकाल बाँड्ने निर्णय गरिएको छ।
सदस्य पदमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन्।विश्लेषकहरूले भनेका छन्,माओवादी केन्द्र र रास्वपाको समर्थनमा बनेको नयाँ नेतृत्व अब पर्वतारोहण क्षेत्रमा नयाँ दृष्टि र नीति ल्याउने अपेक्षा गरिएको छ l
