ताप्लेजुङ — नेकपा एमाले ताप्लेजुङका जिल्ला सदस्य मनकुमार तेङबुङ र आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि तोक्मेडाँडा क्षेत्रमा पाँचदेखि सातजनाको समूहले पूर्वनियोजित आक्रमण गरेको छ। घटना जिल्ला कमिटीको बैठक सकेर घर फर्किँदै गर्दा भएको हो।
घाइते वडाध्यक्ष सेन्दाङको प्रारम्भिक उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा गरिएको भए पनि थप उपचारका लागि उनलाई झापास्थित बी एन्ड सी अस्पतालमा रिफर गरिएको छ।यस घटनाप्रति एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले कडा आपत्ति जनाउँदै गृहमन्त्री रमेश लेखकलाई दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी कारबाही गर्न पत्र लेखेका छन्। सांसद भट्टराईले घाइतेको तत्काल र प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह पनि गरेका छन्।
एमाले ताप्लेजुङले घटनालाई योजनाबद्ध आपराधिक कार्यको संज्ञा दिँदै दोषी पहिचान र कारबाहीको माग गरेको छ।
