Spread the love
Spread the love
कांग्रेस नेता, डा: शेखर कोइरालाको कटाक्ष: जहाँ खाली जग्गा हुन्छ त्यहा एमालेको आँखा जान्छ
Spread the love

काठमाडौं, नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले सत्तासाझेदार दल नेकपा एमालेमाथि तीव्र प्रहार गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले “जहाँ खाली जग्गा, त्यहाँ एमाले” भनेर एमालिमाथि कडा कटाक्ष गरे।

कोइरालाले भूमिसम्बन्धी विधेयकमाथि कांग्रेस सांसदले राखेको संशोधनमाथि एमालेले छलफल नै हुन नदिएको आरोप लगाउँदै, गोकर्ण रिसोर्ट, पोखराको लिचीबारी,तत्कालीन राजा वीरेन्द्रको सम्पत्ति, र गिरीबन्धु टी–इस्टेटमा एमालेले आँखा गाडेको बताए।उनले संघीय मामिलामन्त्रीले राजीनामा दिएको तर भूमिसुधारमन्त्री अझै पदमा टाँसिन बसेको आरोप लगाए। साथै, सांसदहरूले नै बिचौलियाको भूमिका खेल्दा देश नै संकटतर्फ धकेलिएको भन्दै कडा प्रश्न उठाएका छन्।