Spread the love
Spread the love
नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
Spread the love

काठमाडौं, १ भदौ – नेपाल विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब साढे एक अर्बले घटेको छ । प्राधिकरणले आ.व. २०८१/८२ मा करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ मात्र कमाएको छ, जुन अघिल्लो आ.व. २०८०/८१ मा कमाइएको १० अर्ब ५३ करोड नाफाभन्दा करिब १ अर्ब ४६ करोडले कम हो ।

यस वर्षको नाफा अघिल्लो वर्षको तुलनामा ३७.३२ प्रतिशतले घटेको विवरण प्राधिकरणले सार्वजनिक गरेको छ ।वित्तीय विवरणअनुसार पहिलो छ महिनामा मात्र प्राधिकरणले बिजुली बिक्री, ब्याज र अन्य आम्दानीबाट ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको र सो अवधिमा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको देखिन्छ ।

नेपाल विद्युत प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा पुगेयता निरन्तर नाफामा रहेको थियो । पछिल्ला वर्षहरूमा निरन्तर नाफा कमाउँदै आएको भए पनि हालको गिरावटले प्राधिकरणको आय–व्यय व्यवस्थापनमा चुनौती देखाएको छ ।