Spread the love
Spread the love
डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% उछाल, लाभांश क्षमता ३२.४६% पुग्यो
Spread the love

काठमाण्डौ — डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले हालै सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, यसको खुद नाफा अघिल्लो आवको १५ करोड ९८ लाख रुपैयाँबाट ३३२.३० प्रतिशत बढेर ६९ करोड ११ लाख रुपैयाँ पुगेको छ। संस्थाको खुद ब्याज आम्दानीमा सुधार र व्यवस्थापन दक्षताले यो वृद्धि हासिल भएको हो।

गत आवमा संस्थाको ब्याज आम्दानी १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ रहेकोमा यो वर्ष ३४.४५ प्रतिशत बढेर २ अर्ब ४९ करोड ६ लाख रुपैयाँ पुगेको छ।संस्थाको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ७.७३ प्रतिशत पुगेको छ, अघिल्लो आवमा यो ५.८९ प्रतिशत रहेको थियो। त्यस्तै, सिडि रेसियो ११२.६७ प्रतिशतबाट ११२.९७ प्रतिशतमा, बेस रेट १३.६० प्रतिशतबाट १२.१२ प्रतिशतमा, कस्ट अफ फण्ड ९.३४ प्रतिशतबाट ७.७७ प्रतिशतमा, र स्प्रेड दर ५.५८ प्रतिशतबाट ७.१३ प्रतिशतमा पुगेको छ।संस्थाको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ६० करोड ६४ लाख रुपैयाँ पुगेको छ।

रिभर्जको आकार १ अर्ब २१ करोड ५४ लाख रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस अवधिसम्म वितरणयोग्य मुनाफा ६० करोड ६४ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो आवको तुलनामा ८८.८९ प्रतिशत वृद्धि हो।लाभांश क्षमता पनि १८.८३ प्रतिशतबाट बढेर ३२.४६ प्रतिशत पुगेको छ। यससँगै EPS ९.३७ रुपैयाँबाट ३६.९९ रुपैयाँ पुगेको छ। नेवटर्थ २०८.८४ रुपैयाँ, तरलता अनुपात ६.०९ प्रतिशत, पीई रेसियो २३.८५ गुणा, र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४५१.८० रुपैयाँ रहेको छ।