Spread the love
Spread the love
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली
Spread the love

काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालहरुले नेपाल सरकार, नेपाली जनता र नेपाली कानुनप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ मा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।उहाँले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जालले सरकारलाई जानकारी गराएको हुनुपर्ने र नेपालमै कार्यालय खोल्नुपर्ने प्रष्ट पारे। प्रधानमन्त्री ओलीका अनुसार, “यहाँबाट जो आम्दानी गर्छ, त्यसमा लाभकर नेपालमै तिर्नुपर्छ। त्यसभन्दा बाहिर बस्छु भन्ने छुट कसैलाई पनि हुँदैन।