राष्ट्रपति रामचन्द्र पौडेलका भतिज अनिलराज पौडेल युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्ष नियूक्त भएका छन्। उनलाई गत साउन १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको हो। सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्न जोडबल गरेका पौडेल लोक सेवा आयोगले अन्तर्वार्ताका लागि खोज्दा फेला नपरेका पौडेललाई युवा स्वरोजगार कोषको उपाध्यक्ष बनाइएको हो।
अनिलराज राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदकको अन्तर्वार्ता प्रक्रियामा सहभागी नहुँदा नियुक्ति प्रक्रिया नै लामो समय धकेलिएको थियो। उनी कतै फेला नपरेपछि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको सिफारिस समितिले सूचना नै निकालेर खोजी गरेको थियो। त्यसअघि अनिललाई ठाडो निवेदनका आधारमा तत्कालीन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्त गर्न खोजेका थिए। उक्त विषय सार्वजनिक भएपछि उनी ‘ब्याक’ भए।
त्यसपछि सहकारी नियमन प्राधिकरणको अध्यक्षमा आवेदन हालेर नियुक्तिका लागि दौडधुपमा लागेका थिए। सहकारी विकास बोर्डको वरिष्ठ अधिकृत (निर्देशक) बाट स्वेच्छिक अवकाश लिएका थिए।
