Spread the love
Spread the love
राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले दिए राजीनामा,
Spread the love

साउन २७ — प्रतिनिधि सभा राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी कुलिङ पिरियडमा आएको विवादका कारण पदबाट हट्न बाध्य भएका हुन्। सभापति शेरबहादुर देउवाले यसअघि नै खतिवडालाई राजीनामा दिन उपयुक्त हुने सुझाव दिएका थिए।

राजीनामा पछि राजनीतिक दलहरुबीच विवाद र प्रतिक्रिया थप चर्किएका छन्। यस घटनाले संसदको संवेदनशील राजनीतिक वातावरणमा थप तनाव ल्याएको छ।राज्य व्यवस्था समितिले आगामी दिनमा नयाँ सभापति चयन गर्ने प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ l

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समिति का सभापति रामहरि खतिवडाको पनि राजिनामा मागेको थियो। सहमति विपरीत “कुलिङ अफ पिरियड” प्रावधानलाई निष्क्रिय पार्ने गरी नयाँ शब्द थपेर विधेयक पास गराएका थिए, जुन कानूनी र नैतिक दृष्टिले गम्भीर समस्या मानिएको थियो।