Spread the love
Spread the love
निकिता पौडेलको अठोट: मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु”
Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नछुटेपछि उनकी पत्नी निकिता पौडेलले न्याय प्राप्त नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेकी छन्। निकिताले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू नथाकेको र नहारेको बताइन्। उनले संविधानले दिएको हरेक अधिकारको आधारमा वर्तमान सरकार, उसको प्रतिशोधपूर्ण व्यवहार र अन्यायविरुद्ध निरन्तर लड्ने प्रतिवद्धता व्यक्त गरिन्।

"म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु,"

निकिताले लेखेकी छन्।यसअघि रवि लामिछानेको गिरफ्तारीलाई लिएर रास्वपा समर्थकहरू सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय रहेका छन्। पार्टीले यसलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै तत्काल रिहाईको माग गरिरहेको छ।