,इजरायल — प्यालेस्टाइनको गाजा क्षेत्रमा नियन्त्रण जमाउने प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध इजरायलभित्रै चर्को जनविरोध देखा परेको छ।इजरायलका विभिन्न शहरमा हजारौं नागरिकले प्रदर्शन गर्दै नेतान्याहू सरकारको योजना अलोकप्रिय, आक्रामक र अशान्तिपूर्ण भएको आरोप लगाएका छन्।
टाइम्स अफ इजरायलकी पत्रकार ताल स्नाइडरका अनुसार, दर्जनौं स्थानमा प्रदर्शनहरू भईरहेका छन्।“सरकार कूटनीतिक समाधान खोज्ने सट्टा गाजामा बल प्रयोग गर्न लागेको छ, जुन जनमतको विरोधमा छ,” उनले भनिन्।सार्वजनिक सर्वेक्षणहरूले पनि नेतान्याहू सरकारको गाजा सम्बन्धी नीति अस्वीकार गरिरहेको देखाएका छन्।प्रदर्शनकारीहरूले प्यालेस्टाइनमाथि सैनिक दबाब होइन, वार्ताबाट समाधान खोजिनुपर्ने माग गरेका छन्।
