Like this:

हिरासतमा रविलाई पत्रपत्रिका हेर्न पनि नदिने रहेछ, दु:ख लाग्यो: डा. बाबुराम भट्टराई



भैरहवा – नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि अमानवीय व्यवहार भइरहेको आरोप लगाएका छन्। लामिछानेलाई भेट्न भैरहवा कारागार पुगेका भट्टराईले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, “रविलाई पत्रपत्रिका हेर्न पनि दिइँदो रहेनछ। यो त हामीले पञ्चायतको समयमा पनि भोगेको थिएन।

उनले यस्ता व्यवहार लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे। “सूचना पाउने हक, अभिव्यक्ति स्वतन्त्रता र मानसिक स्वास्थ्यका लागि सञ्चारमाध्यमको पहुँच अपरिहार्य हो,” भट्टराईले जोड दिए।

भट्टराईले लामिछानेमाथिको मुद्दा कानूनी प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए। उनले भने, “कुनै पनि मुद्दा अदालतमा चलिरहेको छ भने दोषी हो वा होइन भन्ने प्रश्न अदालतको हो, तर हिरासतमा राखेर मानवीय अधिकार खोस्नु लोकतान्त्रिक मुल्य र मान्यताविरुद्ध हो।”

रास्वपाका सभापति लामिछाने विभिन्न मुद्दामा अनुसन्धानरत अवस्थामा भैरहवा स्थित प्रहरी हिरासतमा छन्। तर उनलाई पत्रपत्रिका हेर्न, सञ्चारका माध्यमहरू पहुँच गर्न नदिइएको भन्दै व्यापक आलोचना भइरहेको छ।
पूर्वप्रधानमन्त्री भट्टराईको बयानले प्रहरी प्रशासन र सत्ता पक्षको रवैयाप्रति गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र सूचना पहुँच अधिकारको रक्षा गर्नुपर्ने उनको जोडले रविको मुद्दा कानूनी मात्र नभई राजनीतिक र मानवीय अधिकारको प्रश्नमा पनि केन्द्रित भएको देखिएको छ।

Like this: