काठमाडौँ – कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५ हजार ८३१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा रु. ४६ लाख खुद नाफा कमाएको बैंकले यस वर्षको अन्त्यसम्म आइपुग्दा रु. २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
नाफामा देखिएको यो असामान्य वृद्धि मुख्यतः इम्पेयरमेन्ट चार्ज उल्लेख्य रुपमा घटेको कारण हो। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँबाट घटेर २ अर्ब ८० करोड रुपैयाँमा सिमित भएको छ। यसरी जोखिममा रहेका कर्जाहरूको लागि छुट्याइएको रकममा आएको कमीले बैंकको मुनाफा धेरै गुणा बढाएको देखिन्छ।बैंकको net interest income) पनि सुधार भएको छ।
अघिल्लो वर्षको तुलनामा यो ६.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। अपरेटिङ आम्दानीमा पनि सुधार आएको देखिन्छ, जसले बैंकको संचालनगत स्थायित्वलाई बलियो संकेत गर्छ।बैंकको प्रतिशेयर आम्दानी (EPS) अहिलेको अवस्था अनुसार रु. ८.०७ रहेको छ भने प्रतिशेयर नेटवर्थ (Net worth per share) रु. १४२.५८ कायम भएको छ।बैंकको चुक्तापुँजी २६ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २ अर्ब ७९ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
