Spread the love
Spread the love

वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप : प्रधानमन्त्री ओली नै नम्बर १ भ्रष्टाचारी हुन्
प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप..
Spread the love


काठमाडौं, सोमबार। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै “देशको सबैभन्दा ठूलो भ्रष्टाचारी प्रधानमन्त्री आफैं हुन्” भन्ने दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै त्रिपाठीले भने, “प्रधानमन्त्रीज्यू भन्छन्– म भ्रष्टाचारीको अनुहार हेर्दिनँ। तर विहान ऐनामा आफैँको अनुहार हेर्छन्। देशको नम्बर एक भ्रष्टाचारी प्रधानमन्त्री ओली नै हुन्।”

उनले ओली नेतृत्वको मन्त्रिपरिषद्मा ९०% मन्त्री भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए।

त्यसैगरी उनले नेपालको लोकतन्त्र ‘विचौलियातन्त्र’ मा परिणत भएको पनि बताए। “प्रधानमन्त्रीको वरिपरि सबै विचौलियाहरू छन्, अरु कसैले भेट पनि पाउँदैन,”– त्रिपाठीले कटाक्ष गरे।