Spread the love
Spread the love
ब्राभित्र कण्डममा झन्डै २ केजी कोकिन राखेर भुटान जान लागेकी महिला पक्राउ​​
Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा बुधबार राति एक २१ वर्षीया ब्राजिलियन युवती एमिल्ली मिकाइल सान्तोष फेरेइरा लागूऔषध कोकिनसहित समातिएकी छन्।प्रहरीका अनुसार, फेरेइराले १० वटा कन्डममा तरल कोकिन भरि, त्यसलाई आफैले लगाएको ब्राभित्र लुकाएर नेपाल ल्याएकी थिइन्।

उनी बुधबार राति ९:३० बजे काठमाडौं अवतरण गरेकी थिइन् र त्यसपछि सोही रात १:३० बजे भुटान जाने तयारीमा थिइन्।तर, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो (NCB) को टोलीले उनको गतिविधिलाई शंकास्पद ठानी पछ्यायो।ब्यूरो प्रमुख एसएसपी कृष्ण कोइरालाका अनुसार, “फेरेइराको हाउभाउ शंकास्पद लागेपछि हामीले सोधीखोजी गर्यौं। वाक-थ्रु गेटमा पुनः जाँच गर्दा शरीरमा शंकास्पद वस्तु देखियो।

खानतलासी गर्दा कन्डमभित्र लुकाइएको तरल पदार्थ, अर्थात् कोकिन, फेला पर्यो। कालो ब्राभित्र कण्डममा भरेर प्लास्टिकमा प्याक गरिएको करिब १ किलो ९५० ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ।फेरेराविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान अघि बढाइएको छ। प्रहरीले यस घटनालाई अन्तर्राष्ट्रिय लागू औषध तस्करी सञ्जालसँग सम्बन्धित रहेको आशंका व्यक्त गरेको छ।