काठमाडौं, साउन ११ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत हाइड्रोपावर समूहले नयाँ इतिहास बनाउँदै ३,९४१.९५ अंकमा पुगेर आफ्नो All Time High कायम गरेको छ। जलविद्युत कम्पनीहरूप्रति बढ्दो लगानी र साना पूँजी भएका कम्पनीहरूको उछालले समूहमा तीव्र वृद्धि भएको हो।
त्यस्तै, माइक्रोफाइनान्स समूह हाल ५,६१०.०६ अंकमा कारोबार भइरहेको छ, जुन यसको ऐतिहासिक उच्च ५,७५६.८९ अंकभन्दा करिब २.६% तल हो। अघिल्लो वर्ष उल्लेखनीय प्रतिफल दिएको भए पनि हाल समूह स्थिर अवस्थामै देखिन्छ।
बीमा समूहतर्फ, लाइफ इन्सुरेन्स समूह हाल १४,३८८.६१ अंकमा छ, जुन पुरानो उच्च १५,१९७.०६ अंकभन्दा करिब ५.३% तल रहँदा, नन-लाइफ इन्सुरेन्स समूह १३,५४२.६५ अंकमा झरेको छ, जुन यसको उच्चतम १४,८४९.६४ अंकभन्दा झन्डै ८.८% कम हो।

