Spread the love
Spread the love
इजरायली सेनाद्वारा गाजामा राहत सामग्री पर्खिरहेका ६७ जना प्यालेस्टानीको हत्या
Spread the love

गाजा, असार ५ – इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसंघको सहायता ट्रकहरूको प्रतीक्षामा रहेका कम्तीमा ६७ जना सर्वसाधारण प्यालेस्टानी जनताको गोली हानी हत्या गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो।संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) अनुसार, इजरायलबाट सीमा पार गर्दै सहायता बोकेका २५ वटा ट्रक जाँचचौकीबाट अघि बढ्नेबित्तिकै ठूलो संख्यामा भोका मानिसहरूको भीड जम्मा भएको थियो।

भीडमाथि इजरायली सेनाले गोली चलाएको र दर्जनौं मानिसहरू घटनास्थलमै ढलेको बीबीसीले जनाएको छ।इजरायली रक्षा बल (IDF) ले भने भिड हटाउन चेतावनी स्वरूप गोली चलाएको दाबी गर्दै वास्तविक मृतकको सङ्ख्या कम भएको बताएको छ। तर स्थानीय स्वास्थ्य अधिकारीहरू र प्रत्यक्षदर्शीहरूका अनुसार सेनाले सिधै भीडमाथि लक्षित गोली चलाएको हो।

गाजाको स्वास्थ्य मन्त्रालयले अत्यधिक भोकमरीका कारण मानिसहरू चरम थकानका साथ सहायता केन्द्रहरूमा आइपुग्न थालेको र सयौं मानिसहरू मृत्युको नजिक पुगेको चेतावनी दिएको छ।संयुक्त राष्ट्रसंघले पनि गाजाको मानवीय संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै तुरुन्तै खाद्यान्न र औषधिलगायतका अत्यावश्यक सामग्री प्रवेश गराउन आग्रह गरेको छ।