Spread the love
Spread the love
केपी ओलीको ७० वर्षे उमेर हद विवादमा रावलको व्यङ्ग्यः सुतेको समय घटाउनुपर्छ
Spread the love

काठमाडौं — नेकपा एमालेको ७० वर्षे उमेर हद लागू गर्ने वा हटाउने विषयलाई लिएर पार्टीभित्र जारी विवादले नयाँ मोड लिएको छ। केपी ओलीसँग विवाद भएकाले एमाले छोडेका नेता रावलले आफ्नो व्यङ्ग्यात्मक शैलीमा नयाँ सुझाव दिएका छन्।केपी ओलीले एमालेको ७० वर्षे उमेर हद हटाउने विषयमा बैठकमा राखेका बेला, रावलले ओलीको पद र सत्ता भोक शान्त पार्न ‘उनको बाल्यकाल, राजनीतिमा आउनुअघि काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि समेत घटाउनुपर्ने’ गम्भीर सुझाव दिएका छन्।

रावलले फेसवुकमका छन्,“७० वर्षे उमेर हद हटाउनुपर्ने हो भने झ्यालखानामा बसेको कालखण्ड, राजनीतिक काम नगरेको समय र बिरामी भएर विश्राम लिएको अवधि पनि कटौती गरेर गणना गर्नुपर्छ। यसरी मात्र केपी ओलीको अतृप्त सत्ता र पदको भोक शान्त हुन्छ।”यसरी राजनीतिक विमर्शमा व्यङ्ग्य मिसाएर रावलले केपी ओलीको पदाकांक्षा माथि प्रहार गरेका छन्, जसले एमालेमा नयाँ बहस र चर्को विवाद निम्त्याउने देखिन्छ।