Spread the love
Spread the love
नेप्सेमा उछाल, कारोबार रकम पनी १४ अर्ब नाघ्यो
Spread the love

काठमाडौं, असार ३१ – नेपाली शेयर बजारमा बुधबार उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचक आज ३४.६१ अंकले उक्लिएर २,७९४.७९ विन्दुमा पुगेको छ। आजको उत्साहजनक उछालले बजारमा पुनः जोश र आत्मविश्वास फर्किएको छ।

बजारले आज १.२५ प्रतिशतको वृद्धि दरसाथ बन्द हुँदा लगानीकर्ताको अनुहारमा चमक देखिएको थियो। विशेषगरी बैंकिङ, जलविद्युत, र लघुवित्त समूहमा देखिएको तेज सुधारले समग्र सूचकलाई माथि तान्न मद्दत पुर्‍याएको हो।

बजारमा आज झण्डै १४ अर्ब रुपैयाँ बराबरको कारोबार सम्पन्न भयो, जुन पछिल्लो समयको सबैभन्दा उल्लेखनीय कारोबारमध्ये एक हो। कुल ३३० कम्पनीको शेयर खरिदबिक्री हुँदा २४४ वटा कम्पनीको मूल्यमा वृद्धि देखिएको छ भने ७६ कम्पनीको मूल्यमा गिरावट आयो। ४ वटा कम्पनीले सकारात्मक सर्किट हान्न सफल भए भने १ कम्पनी मात्र नकारात्मक सर्किटमा पुग्यो।

विशेषगरी केही म्युचुअल फन्ड र लघुवित्त कम्पनीको मूल्यमा १० प्रतिशतसम्मको तीव्र वृद्धि देखिएको छ। बजारमा सशक्त सहभागिता देखिँदा लगानीकर्ताबीच उत्साह थपिएको छ र भोलिका दिनमा बजार अझै माथि जान सक्ने विश्वास पलाएको छ।