Like this:

एक लाख घुस लिँदालिँदै एमालेबाट निर्वाचित मेयर पक्राउ

नेकपा (एमाले) बाट निर्वाचित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई रुपैयाँ १ लाख घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।बर्दिबासस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले उनलाई नगरपालिकाको कार्यालयमै घुस लिँदै गरेको अवस्थामा थप प्रमाणसहित नियन्त्रणमा लिएको हो ।

अन्तिम भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ । 

राम पुकार साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारका रूपमा कल्याणपुर नगरपालिकाको मेयरमा ५८८३ मत ल्याएर निर्वाचित भएका थिए। उहाँको यो गिरफ्तारीले एमालेभित्रको सार्वजनिक छविमा प्रश्न उठाउनुका साथै, स्थानीय तहमा बढ्दो भ्रष्टाचारको गम्भीर संकेत पनि दिएको छ।

Like this: