Spread the love
Spread the love
प्रधानमन्त्री ओली राजनीतिमा नकारात्मकता फैलाउने आदिपुरुष हुन : हरि ढकाल
Spread the love

रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको तीतो यथार्थलाई ढाकछोप गरी अमरापुरीको सपना बाँडेको आरोप लगाएका छन्।ढकालले नेपालको राजनीतिमा नकारात्मकता फैलाउने आदिपुरुष नै प्रधानमन्त्री केपी ओली भएको टिप्पणी गरे।सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सांसद ढकालले ओलीले दिएका पछिल्ला अभिव्यक्तिहरूको खण्डन गरेका हुन्।

‘यो ३५ वर्षमा देश अमरापुरी, रामराज्य भयो रे। भ्रष्टाचारको गन्धै छैन रे,’ ढकालले व्यङ्ग्यात्मक शैलीमा भने, ‘तर जब आम नागरिकले भ्रष्टाचारी मुर्दावाद भन्छन्, उहाँलाई ‘हामीलाई गाली गर्‍यो’ भन्ने लाग्छ। यो संसारमा सबै बेठीक, उहाँ र उहाँको दल मात्रै ठीक ?’उनले विगत ३५ वर्षको शासनले देशको अर्थतन्त्रलाई माछाको काँडो जस्तो बनाएर छाडेको आरोप लगाउँदै त्यसको जिम्मेवारी पुराना दलहरूले लिनुपर्ने बताए।‘देशको दोहन गरेर माछाको काँडो जस्तो बनाएर छाड्ने, अनि अहिले आएर हामीलाई नकारात्मकता फैलाएको आरोप लगाउने ?’ उनले प्रश्न गरे, ‘नकारात्मकताको राजनीति पस्किने यो देशको आदिपुरुष नै उहाँ हो।

प्रधानमन्त्री ओलीले सहकारी ठगी प्रकरणमा हस्ताक्षर अभियान चलाउनेलाई ‘ठग’ भनेकोप्रति लक्षित गर्दै ढकालले उक्त अभियानमा पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश र लाखौँ नेपालीले हस्ताक्षर गरेको सुनाए।‘हस्ताक्षर गर्न मंगल ग्रहबाट कोही आएको होइन, यही देशका नागरिकले गरिरहेका छन्,’ उनले भने, ‘८४ सालले देखाउँछ को कतातिर हुन्छ।’उनले प्रधानमन्त्रीकै कार्यक्रममा तस्करहरू सक्रिय भएको भन्दै सरकारको सुशासनको दाबीमाथि प्रश्न उठाए।