Spread the love
Spread the love
देउवाको ह्याट्रिकमा नेपालद्वारा श्रीलंकामाथि ७-० को फराकिलो जित
Spread the love

असार, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै श्रीलंकामाथि ७-० को फराकिलो जित निकालेको छ। नेपाललाई जित दिलाउन मिना देउवाले ह्याट्रिक गोल गरेकी हुन्।भारी वर्षाका कारण ढिलो सुरु भएको खेल बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा सम्पन्न भयो।

खेलको पहिलो हाफमै आक्रामक प्रदर्शन गरेको नेपालले ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप २ गोल गर्दै जितलाई सुदृढ बनायो।नेपालका लागि मिना देउवाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै, पूर्णिमा राईले दुई गोल तथा समिक्षा मगर र सरिता कुमारीले एक/एक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।