Spread the love
Spread the love
मन्त्री निवासमा एकाबिहानै बिचौलियाले ब्रिफकेस छाड्छन: शेखर कोइराला
Spread the love

सत्ता गठबन्धन नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्री निवासमा एकाबिहानै बिचौलियाले ब्रिफकेस छाड्न थालेको भन्दै कटाक्ष गरेका छन्। ७८ लाख घुस डिलमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न चौतर्फी माग भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मौनता साँधिरहेका बेला कांग्रेस नेता कोइरालाले विपक्षी दलहरूले कर्मकाण्डी राजीनामा मागेको र आफ्नो पार्टी ‘साक्षी किनाराका सदर’ बसेको भन्दै रोष प्रकट गरेका हुन्।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्‘यस्तै रहेछ यहाँको चलन! मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्! आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएका छौं,’।