Spread the love
Spread the love
काम गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
Spread the love

नवलपुर जिल्ला कावासोती नगरपालिका– ३ मा निर्माणाधीन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार निर्माणाधीन सभाहलमा फर्मा सेटिङका लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दियाको ठाकुरबाबा नगरपालिका– २ घर भई कावासोती– २ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय सरोज थारूको मृत्यु भएको हो।

सोमबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका थारूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। उक्त भवन निर्माणको काम समानान्तर जेबी बुद्ध हिमाली कन्स्ट्रक्सन प्रालिले गर्दै आएको छ।सोही ठाउँका मजदुर झम्कबहादुर श्रेष्ठका अनुसार राति पानी परेको र पानी जमेका कारण करेन्ट लागेको हो। थारूलाई करेन्ट लागेको थाहा पाउनासाथ लाइन छुटाएर उद्धार गरी उपचारका लागि मध्यविन्दु अस्पताल पठाइएको उनले बताए। घटनावारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।