Like this:

अमेरिकामा कार दुर्घटनामा परि २ जना नेपालीको मृत्यु

अमेरिकाको लुइजियाना राज्यमा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई जना नेपाली विद्यार्थीको निधन भएको छ । सोमबार भएको दुर्घटनामा परी २० वर्षीय रोजिन ओली र २२ वर्षीय राजन यादवको मृत्यु भएको हो ।शनिबार राति करिब ९ बजे भारी वर्षा भइरहेको बेला दुर्घटना भएको लुइजियाना राज्य प्रहरीले जनाएको छ ।

यादवले चलाइरहेको सन् २०१० को होन्डा एकर्ड कार युएस हाइवे ८० मा पूर्वतर्फ गइरहेको थियो । अचानक नियन्त्रण गुमाउँदा कार सडकबाट चिप्लिएर रुखमा ठोक्किएको र त्यसलगत्तै गाडीमा आगो लागेको थियो ।कारमा सवार अन्य २ जना विद्यार्थी भने घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

Like this: