Like this:

शर्माले अव प्रधानमन्त्री नबन्न भनेपछि देउवाको जवाफ:- विचार गर्नुस है म अप्ठेरो मान्छे हुँ

नेपाली कांग्रेसका सभापति देउवाले हालै चितवनमा पुगेर 'मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ' भन्दै अभिव्यक्ति दिएका थिए । देउवाले दिएको अभिव्यक्तिको प्रशंसा गर्दै सोमबारको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्याग गरी सगरमाथाको उचाइ कायम राख्न सभापति देउवालाई सुझाव दिएका हुन्।

महामन्त्री विश्वाप्रकाश शर्माले बैठकमा आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने र पार्टीलाई एकताबद्ध बनाउन भूमिका खेल्ने देउवाको सार्वजनिक अभिव्यक्तिको सराहना गरे ।तर, उनले छैठौंपटक प्रधानमन्त्री नबनेर त्याग गर्न सुझाए । प्रधानमन्त्री बन्न छाडेर सम्मानजनक बाटो रोज्न सके देउवाको उचाई सगरमाथाजत्तिकै उच्च हुने शर्माले उल्लेख गरे ।आफूलाई देउवाको शुभेच्छुक दाबी गर्दै शर्माले एमालेसँगको सहमतिअनुसार ०८३ मा आफू प्रधानमन्त्री नबनी अरु कोही नेताको नाम अघि सारेर अभिभावकत्व लिन सुझाव दिएका थिए ।

देउवाले शर्माको प्रस्ताव रुचाएनन् । उनको त्यसको ठाडो प्रतिवाद गरे ।देउवाले आफूले के गर्ने भन्ने विषयमा कसैले भनिरहनु नपर्ने जवाफ शर्मालाई फर्काए ।‘म के गर्छु मेरो कुरा हो । मैले कसैलाई भनेर गर्ने होइन । म अप्ठेरो मानिस हुँ नि । विचार गर्नुस्’, उनले भने ।

Like this: