Spread the love
Spread the love
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा मुद्दा दायर
Spread the love

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोकाे प्रतिवेदनकाे आधारमा जिल्ला सरकारी वकिलकाे कार्यालयले पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

पाठकले युट्युब च्यानलमार्फत भिडियो प्रसारण गरी पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी अफवाह फैलाई चरित्र हत्या गरेको अभियोग-पत्रका उल्लेख छ।

पाठकले कांग्रेस सभापति शेरबहादुर देउवापुत्र जयवीरको लगानीको विषयमा प्रसारण गरेको समाचारको विषयलाई लिएर उनीविरुद्ध साइबर अपराधको कसुरमा प्रहरीमा जाहेरी परेको थियो।