Spread the love
Spread the love
इजरायलद्वारा हवाई आक्रमण गरी ८१ जना सर्वसाधरण प्यालेस्टानी जनताको हत्या
Spread the love

इजरायली सेनाले हवाई आक्रमण गरी कम्तीमा ८१ जना सर्वसाधरण प्यालेस्टानी जनताको हत्या गरेको छ।बीबीसीले प्रमाणित गरेको एउटा भिडियोमा मानिसहरूले हात र बेल्चाले बालुवा खनेर शव खोज्ने प्रयास गरिरहेको देखाइएको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ८१ जनाको हत्या भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ज्यान गुमाउने प्यालेस्टिनीहरूको संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् ।