Like this:

मदन भण्डारीलाई ४ वटा श्रीमती र सहकारी ठगको आरोप लगाइयो : केपी ओली

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मजयन्तीको अवसरमा तत्कालीन महासचिव मदन भण्डारीलाई उपेक्षा गर्नेगरी बोलेका छन् ।मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा ओलीले मदनको व्यक्तिगत प्रसंग निकालेका थिए । त्यस सन्दर्भमा मदन भण्डारीमाथि लागेको व्यक्तिगत आरोपहरुको शृङ्खला नै ओलीले प्रस्तुत गरे ।

उसबेला पनि मदन भण्डारीलाई भनेकै हो, फुत्त दुलाबाट निस्किएर नेता हुन पाइन्छ भनेर । मदन भण्डारी फुत्त दुलाबाट निस्किएर नेता हुनुभएको थिएन,’ ओलीले भने, ‘भूमिगत काम गरेको धेरै वर्ष भएको थियो । संगठनात्मक काम गरेको धेरै वर्ष भएको थियो ।’मदन भण्डारीलाई लागेको आरोप भन्दै ओली यतिमै रोकिएनन् ।

चारवटी श्रीमती र सहकारी ठगजस्ता आरोपको प्रसंग निकाले । ‘चार वटी कि कतिवटा श्रीमती छन् भनेर आरोप लगाइयो । त्यसको प्रमाण कसले खोज्न जाने अब रु अनेक दुर्बाच्य बोलिए,’ ओलीले भनेका थिए, ‘सहकारीमा ठगेर हिँडेको हो भनेर आरोप लगाइयो ।कुनै आधार, साइनो सम्बन्ध केही पनि थिएन ।’ मदन भण्डारीमाथि झुटा लाञ्छनाको श्रृङ्खला नै चलेको पनि ओलीले सम्झिए । ओलीले मदन भण्डारीमाथि लागेको व्यक्तिगत लाञ्छनाहरुको प्रशंग मात्र उठाएनन् ।मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको दाबी गरे । ओलीको भनाइ अनुसार मदन भण्डारी महासचिव बन्न मानिरहेका थिएनन्, बनाइएका थिए ।

जनताको बहुदलीय जनवाद (जबज) को श्रेय पनि मदन भण्डारी एक्लैमा नजाने ओलीको तर्क थियो ।पाँचौं राष्ट्रिय महाधिवेशनमा पार्टी महासचिवका हैसियतमा मदन भण्डारीले प्रस्तुत गरेको जबज त्यसअघि (चौथों महाधिवेशनमा) नै आइसकेको ओलीले बताएका थिए । उक्त महाधिवेशनमा झलनाथ खनाल महासचिव भएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Like this: