Spread the love
Spread the love
अवको एकमात्र आशाको केन्द्र भन्दै ६२ जना चिकित्सक माओवादी केन्द्रमा प्रवेश
Spread the love

नेकपा (माओवादी केन्द्र) मा ६२ जना चिकित्सकले प्रवेश गरेका छन्। पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज पेरिसडाँडास्थित पार्टी कार्यालयमा खादा र माला लगाएर उनीहरुलाई स्वागत गरे।

देशलाई माया गर्ने, लोडसेडिङ हटाएको, भ्रष्टचारीलाई कारबाही गर्ने, सुशासन ल्याउने, इतिहासमै देशको आर्थिक बृद्दिदर सवैभन्दा बढी प्रचण्डको पालामा भएकोले माओवादी केन्द्रमा प्रवेश गरेको चिकित्सकहरुले वताए ।

सम्पूर्ण देशभक्त राष्ट्र प्रेमी हरुलाई माओवादी केन्द्रमा समाहित हुन् उनिहरुले अपिल गरेका छन ।पार्टी विस्तार र विभिन्न पेशागत क्षेत्रको सहभागिता बढाउने अभियान अन्तर्गत चिकित्सकहरूको ठूलो सहभागिता माओवादी केन्द्रले महत्वपूर्ण उपलब्धिको रूपमा लिएको छ।