इजरायलले आक्रमण गरी गाजामा थप १८ जना प्यालेस्टेनीको हत्या गरेको छ । इजरायली सेनाले गरेको पछिल्लो ड्रोन आक्रमणमा कम्तिमा १८ प्यालेस्टेनीको हत्या गरेको बीबीसीले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा परि अहिलेसम्म ६० हजारभन्दा धेरै प्यालेस्टिनीहरूको ज्यान गइसकेको छ । ज्यान गुमाउने प्यालेस्टेनीमा महिला र बालबालिका धेरै छन् ।
