Spread the love
Spread the love
निर्मल निवासमा विशेष समारोह आयोजना गरेर ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन मनाउने
Spread the love

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर धुमधाम मनाउने भएका छन् ।असार २३ गते हुने समारोहमा पुर्वराजा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् ।

पुर्वराजा शाहलाई शुभकामना दिन चाहने शुभ चिन्तकहरुको लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको सचिव पाठकले जानकारी दिए ।