Like this:

प्रधानमन्त्री ओली श्रीमती राधिका सहितको टोली लिएर स्पेन जाँदै

काठमाण्डौ:- प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभिल्लामा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय विकास वित्तपोषण सम्मेलनमा सहभागी हुन शनिबार जाने भएका छन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोनको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेका हुन् ।


प्रधानमन्त्रीको ओलीको टोलीमा उनकी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र अन्य उच्च सरकारी अधिकारीहरू सहभागी हुनेछन् । सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Like this: