Spread the love
Spread the love
इजरायल ध्वस्त हुन लागेपछी आक्रमण गर्न आएको अमेरिकाले पनी हारको स्वाद चाख्यो:- इरान
Spread the love

काठमाडौं : इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानी जनतालाई इजरायलमाथिको विजयका लागि बधाई दिएका छन । उनले लेखेका छन्,‘म झूटा यहूदी शासनमाथिको विजयका लागि इरानलाई बधाई दिन्छु।’उनले अमेरिका प्रत्यक्ष युद्धमा प्रवेश गरेको पनि बताए।

उनले प्रत्यक्ष युद्धमा प्रवेश गरेन भने इजरायल पूर्ण रूपमा ध्वस्त हुने अमेरिकालाई लागेकाले अमेरिका आफै युद्दमा होमीएको बताए। खामेनीले भने,‘अमेरिकाले यस युद्धबाट केही पनि प्राप्त गरेन र इरान विजयी भएको छ। इरानले अमेरिकाको अनुहारमा कडा थप्पड हानेको छ। करिब ९ करोड जनसंख्या भएको देश इरान सशस्त्र सेनाको समर्थनमा काँधमा काँध मिलाएर उभिएको खामेनीले बताए। उनले भने,‘तेस्रो बधाई, इरानी राष्ट्रको एकताका लागि।’ खामेनीले इरानी राष्ट्रले आफ्नो अद्वितीय चरित्र प्रदर्शन गरेको बताए। आवश्यक पर्दा राष्ट्रको एउटै आवाज हुने देखाएको उनले बताए।