Spread the love
Spread the love
विदेश पठाइदिञ्छु भनेर ५८ लाख ठग्ने २ जना पक्राउ
Spread the love

काठमाण्डौ:- वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख रुपैया ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।सर्लाही कौडेना गाउँपालिका– ४ का ४३ वर्षीय लछुमन साह तेली र दोलखाको बैतेश्वर गाउँपालिका– ३ की ३१ वर्षीया नवीना दाहाल घिमिरे लाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

पक्राउ परेकामध्ये नवीनाले युके पठाइदिने भन्दै २ जनाबाट रु. ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै ३ जनाबाट रु. ६ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो,’ उनले भने। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।