Spread the love
Spread the love
माधव कुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा
Spread the love

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई बिशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन। पतञ्जली योगपिठको जग्गा बिक्रिसम्बन्धि भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थिती भएका उनीसँग धरौटी माग भएको हो । बैंक ग्यारेन्टी बुझाएर उनी रिहा भएका छन्।

गत २२ जेठमा नेता नेपालसहित ९३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । अख्तियारले उनीसँग १८ करोड ५८ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो। २०६६ सालमा नेता नेपाल प्रधानमन्त्री हुँदा नियम मिचेर पतञ्जलीलाई हदबन्दी छुटको जग्गा बिक्रि गर्न दिइएको अख्तियारको अभियोग छ ।