राधी विद्युत कम्पनीको ५% लाभांश घोषणा , ६९.८९% हकप्रद पनि जारी गर्ने

काठमाण्डौ, राधी विद्युत कम्पनी लिमिटेडले ५% लाभांश घोषणा गर्दै हकप्रद शेयर पनि निष्काशन गर्ने तयारी गरेको छ ।

उक्त कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हालको चुक्ता पुँजीको ४.७५ प्रतिशत बराबरको बोनस सेयर लाभांश र बोनस सेयर बापतको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ ।

बैठकले ६९.८९ हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको पनि जनाइएको छ । बैठकले पुस १८ गते बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको छ । कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ४ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस ३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

राधी विद्युत कम्पनीको ५% लाभांश घोषणा , ६९.८९% हकप्रद पनि जारी गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top