रविलाई गरेको ज्यादतीको मूल्य एमाले – कांग्रेसलाई चर्को पर्नेछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् ।

माओवादी केन्द्र भरतपुर महानगरले भरतपुरमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा एमाले- काङ्रेस सरकारले रविमाथि ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ ।’

साथै, उनले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए ।

‘जसरी आतंकित पार्ने हिसाबले मध्यरातमा प्रहरीबाट ज्यादतीबाट भयो भन्ने पनि सुन्छु म,’ उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो । तर, त्यतिबेला अहिले म होइन प्रचण्ड नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने ।’

रविलाई गरेको ज्यादतीको मूल्य एमाले – कांग्रेसलाई चर्को पर्नेछ : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top