काठमाडौँ —काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् ।
दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय १४ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं-१६ मा १०, ५ ५८ मत खसेको थियो भने १८० मत बदर भएको छ ।
काठमाडौं-१६ मा घन्टी बज्यो, रास्वपाकी उम्मेद्वार रोजिना श्रेष्ठ विजयी