काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरूले अरूलाई गाली गर्दै हिँड्ने गरेको बताएका छन्। शुक्रबार काठमाण्डौको दरबारमार्गमा एमालेद्वारा आयोजित जागरण सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रती लक्षित गर्दै यस्तो भनाइ राखेका हुन्।
“कति कति सहकारीमा ठगीका प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई गाली गर्ने?” ओलीले प्रश्न गरे।
ओलीले वर्तमान सरकारलाई भ्रष्टाचार सह्य नहुने र ठगी र मानव तस्करी जस्ता अपराधहरूको कडा विरोध गर्ने स्पष्ट पारे। “कुनै प्रकारको ठगी सह्य हुनेछैन। कुनै प्रकारको मानव तस्करी सह्य हुनेछैन। नेकपा एमाले र सरकार अपराध गर्नेलाई कारबाही गर्छ, चाहे त्यो कसैको पनि पक्षमा होस्,” उनले भने।