काठमाण्डौ
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को यही असोज १० देखि १४ गतेसम्म २३ औँ राष्ट्रिय सम्मेलन काठमाण्डौमा हुँदैछ।
यसैविच वर्तमान केन्द्रिय उपाध्यक्ष पवन कार्कीले राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदको उम्मेद्वार वन्ने घोषणा गरेका छन । अध्यक्ष पदका प्रत्यासी पवन कार्की अखिल (क्रान्तिकारी)मा स्वस्छ,इमान्दार छवी वनाएका लोकप्रिय नेताका रुपमा स्थापित छन ।
‘ प्रिय क्रान्तिकारी साथीहरु । मेरो अपिल हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू ( क्रान्तिकारी ) को २३ औं राष्ट्रिय सम्मेलन यहि असोज १०-१४ मा काठमाडौँमा हुन गइहेको छ । यो ऐतिहासिक क्षण हाम्रा निम्ति संगठनका तत्कालीन उपाध्यक्ष वेनोज अधिकारी , तत्कालीन महासचिव पुर्ण पौडेल र जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेल लगायतका हजारौं सहिद तथा वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान गर्दै उहांहरुले देखाएको वाटोमा अविचलित भइ दृढतापुर्वक हिड्न नयां अठोट सङ्कल्प र पुनर्प्रतिवद्धता जाहेर गर्ने क्षण हो । त्याग , बलिदान र उत्सर्गका अद्वितीय किर्तिमान सहितको गौरवपुर्ण विगतवाट आलोकित हुँदै चुनौतीपुर्ण वर्तमानसंग सङ्घर्ष गर्दै स्वर्णिम भविश्य निर्माण गर्नु आज प्रत्येक क्रान्तिकारी योद्धाहरुको केन्द्रीय कार्यभार बनेको छ । आज विद्यार्थी आन्दोलनको औचित्य समाप्त भयो भनेर स्यालहुइयां पिट्ने प्रवृत्तिले पनि टाउको उठाउन खोजिरहेको छ । के सांच्चै विद्यार्थी आन्दोलनको औचित्य सकिएको हो त ? यसविचमा कतै हामी अलमल र अकर्मण्यतामा फसेर हाम्रा मुद्धा र कार्यसुची त भुलेनौँ ? कतै बदलिएको परिस्थितिमा आफुलाई वदल्न त चुकेनौं ? हामीले इतिहासको कठाघरामा उभिएर निर्मम समीक्षा गर्नैपर्दछ । जुनदिनसम्म नेपाली विद्यार्थी र शिक्षा क्षेत्रका समस्या समाधान हुँदैनन् , त्यसदिनसम्म विद्यार्थी आन्दोलनको औचित्य किमार्थ समाप्त हुँदैन । त्यसैले इतिहासले सोधेका यि र यस्तै यक्ष प्रश्नको जवाफ खोज्नका निमित्त देशभरका साथीहरुको सल्लाह , सुझाव र आग्रहमा आगामी ऐतिहासिक राष्ट्रिय सम्मेलनमा केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेको छु । आउनुस् विद्यार्थी आन्दोलनको पुनर्जीवनका लागि अखिल ( क्रान्तिकारी ) को पुनर्गठन गर्न यो महाअभियानमा संगसंगै अघि बढौं । मेरो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको हैन , उत्तरहरुको आन्दोलन वनाउनका लागि हो । मेरो उम्मेदवारी क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई रहरलाग्दो , डरलाग्दो र भरलाग्दो बनाउनका लागि हो । मेरो उम्मेदवारी संविधानमा ग्यारेन्टी गरिएको शिक्षा , स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्दै समाजवादी शिक्षा वहाली गर्नका निम्ति हो । मेरो उम्मेदवारी राजनीतिक एजेण्डामा रुमल्लिएको विद्यार्थी आन्दोलनलाई विद्यार्थीका मुद्धामा फर्काउन र विद्यार्थीको नेता विद्यार्थीलाई नै बनाउनका निम्ति हो । र मेरो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिडाउनका निम्ति हो ।
तपाईको साथी पवन कार्की हाल केन्द्रीय उपाध्यक्ष , अनेरास्ववियू ( क्रान्तिकारी ) मो . ९ ८५१२२३१३०