कर्मचारीको तलब बढाउन सक्ने स्थितिनै छैन : प्रधानमन्त्री केपी ओली

काठमाडौं ।
प्रधानमन्त्री केपीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए ।

‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, … अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने । प्रधानमन्त्री ओलीले कर्मचारीले आफूलाई मालिकजस्तो ठान्न नहुने बताए ।

कर्मचारीको तलब बढाउन सक्ने स्थितिनै छैन : प्रधानमन्त्री केपी ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top