एमाले-काङ्रेसको गठबन्धनलाई हराउदै टानको अध्यक्षमा माओवादी केन्द्रको सानदार जित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को अध्यक्ष पदमा माओवादी केन्द्र निकट पर्यटन व्यवसायी सागर पाण्डे विजयी भएका छन् ।

पाण्डेले कांग्रेस–एमाले निकट व्यवसायी गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गरेका हुन् ।

सागर पाण्डेले ५८० मत पाएर विजयी हुँदा सापकोटाले ४८० मत पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मतसहित विजयी भए भने प्रतिस्पर्धी चोलेन्द्रबहादुर कार्कीले ४८६ मत पाएका छन् ।

त्यस्तै प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल ५३५ मतसहित विजयी हुँदा अर्का प्रत्यासी दावा लामा (तामाङ)ले ५१० मत पाएका छन् ।

एमाले-काङ्रेसको गठबन्धनलाई हराउदै टानको अध्यक्षमा माओवादी केन्द्रको सानदार जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top