स्वरोजगार लघुवित्तको मुनाफा र प्रतिसेयर आम्दानी दुवै व्हात्तै वढ्यो

काठमाडौं

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.७५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस कम्पनीको ७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी ३६ करोड ५२ लाखबाट बढेर ४२ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो ।फि तथा कमिसनको रकम पनि बढेको छ ।
कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको स्वरोजगार लघुवित्त जगेडा कोषमा २७ करोड ६९ लाख रुपैयाँ जम्मा रहेको छ ।

यता, वितरणयोग्य नाफा ८ करोड ८३ लाख रुपैयाँ देखिएको छ । संस्थाको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५४.४२ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि १२.१६ रुपैयाँबाट बढेर १९.७५ रुपैयाँ पुगेको छ ।

स्वरोजगार लघुवित्तको मुनाफा र प्रतिसेयर आम्दानी दुवै व्हात्तै वढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top