हिमालय ऊजाको प्रतिसेयर आम्दानी १५.३९ रुपैयाँ ॠणात्मक , कम्पनी १५ करोड २३ लाख घाटामा

काठमाडौं : हिमालय ऊजा विकास कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १५ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी १५ करोड ४४ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च बढेको कारण कम्पनी घाटामा गएको हो । उक्त खर्च २३ करोड ९० लाखबाट बढेर २८ करोड ९३ लाख पुगेको छ । यता, कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २६ करोड ७४ लाखबाट बढेर २७ करोड ५६ लाख पुगेको छ ।

९९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयको जगेडा कोष ३३ करोड ७ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी १५.३९ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ६६.६० रुपैयाँ रहेको छ ।

हिमालय ऊजाको प्रतिसेयर आम्दानी १५.३९ रुपैयाँ ॠणात्मक , कम्पनी १५ करोड २३ लाख घाटामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top