Like this:

पुर्व राजा ज्ञानेन्द्र यो देशमा बस्न पाउनु सदाशयता हो, लोभ गर्न थाले राम्रो हुँदैन : कांग्रेस सभापति, देउबा

काठमाडौं :  कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाह यो देशमा बस्न पाउनु नै  राजनीतिक दलहरूले उनीप्रति देखाएको सदाशयता हो भनेर बुझ्नुपर्ने टिप्पणी गरेका छन् ।

बूढानीलकण्ठस्थित निवासमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले राजावादीको पछिल्लो सक्रियताबारे ब्रिफिङ गर्दै विगतमा राजतन्त्रले जनतालाई दिएको दुःखका बारेमा जनतालाई पुनःस्मरण गराउनुपर्ने बेला भएको बताएका थिए ।२०६२÷६३ को जनआन्दोलनको सम्झना गर्दै उनले अगाडि भने, ‘दोस्रो जनआन्दोलन केही दिनमात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपथ्र्यो । तर हामीले सदाशयता देखायौं । अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन । संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’

Like this: