गण्डकी प्रदेशसभाले आगामी आव २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।शुक्रबारको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेपछि सभामुख कृष्णप्रसाद धितालले त्यसलाई निर्णयार्थ पेस गरेका थिए, जसलाई संसद्ले सर्वसम्मतिले अनुमोदन गर्यो।
गत मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि सदनमा तीन दिनसम्म छलफल भएको थियो। उक्त छलफलमा पूर्वमुख्यमन्त्री खगराज अधिकारी, नेताहरू हरिबहादुर चुमान र पञ्चराम गुरुङ लगायतले भाग लिँदै आ-आफ्नो सुझाव एवं धारणा राखेका थिए।
